Logo
८ बैशाख २०८१, शनिबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि उत्पादन खरिद–बिक्रीको लागि मन्त्रालयले बनायो ‘डिजिटल कृषि बजार’

अहिलेको बर्तमान समयमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाइरहेको बेला किसानहरुले उत्पादन गरेका सामाग्रीहरुको बिक्री-वितरणमा समस्या भएको कृषकबाट गुनासो आएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ ।

लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उपजहरु बिक्रीको लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भनेर डिजिटल कृषि बजार (बेटा भर्जन) को सुरुवात गरेको मन्त्रालयले जनाएको छ ।

किसानले आफूसँग भएको उत्पादन, मूल्य र परिमाण आफ्नो फोन नम्बरसहित मन्त्रालयको वेबसाइटमा राख्न सक्नेछन् । त्यस्तै खरिदकर्ताले पनि आफूलाई चाहिएको उत्पादन, मूल्य र परिमाण फोन नम्बरसहित वेबसाइटमा राख्नेछन् ।

त्यसकै आधारमा उनिहरुले सम्पर्क गरेर उत्पादन किनबेच गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बनाएको डिजिटल कृषि बजारको लिङ्क– https://www.moald.gov.np/demand-analysis

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्