Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनमा दम्पत्ती मस्त, डेटिङ जोडीलाई कष्ट : कोही भिडियो सेक्स गर्दै, कोही भ्वाइसमै काम चलाउँदै

विश्वको एक चौथाई जनसंख्या लकडाउनमा रहेका बेला डेटिङ र सेक्समा कस्तो प्रभाव परेको छ भन्ने प्रष्ट बुझ्न सकिन्छ । जारी लकडाउनको समयमा दम्पत्ती मस्त छन् भने डेटिङ जोडीलाई यौन जीवनकमा कष्ट भएको छ ।

यतिबेला कोही भिडियो सेक्स गर्दैछन् भने कोही भ्वाइस सेक्समै काम चलाउँदै छन् । खुला समयमा पनि डेटिङ गर्नमा कठिनाइ आउँछ ।

चीनदेखि लिएर बेलायतसम्म, नेपाल, भारतदेखि स्पेन र सिंगो युरोपसम्म हरेक स्थानमा सामाजिक दूरीको अभ्यास गर्नुपरेको छ अहिले ।आमरूपमा परिचित मान्छेले जस्तो व्यवहार हुने गरेको थियो, त्यसको ठीक उल्टो व्यवहार सिक्नुपरिरहेको छ ।

यस्तो अवस्थामा संसारभरमा डेटिङ र सम्बन्धमा समेत असर परेको छ । विवाहितहरूको याैन जीवनमा त्यति धेरै असर नपरे पनि प्रेम सम्बन्धमा भएकाहरूलाई भने लकडाउनले समस्या पारेको छ ।

संसारका ५ अलग अलग स्थानका ५ व्यक्तिले आफ्नो डेटिङबारे आफ्नो कहानी यसरी बताएका छन् ।

सोफी, २७ वर्ष, साङ्घाई, चीन
हान लकडाउन लगाउनुभन्दा १ साताअघि ब्वाई फ्रेन्डसँग मेरो ब्रेकअप भएको थियो । यसपछि चीनको अर्को शहरमा पनि यस्तै प्रकारको प्रतिबन्ध लाग्यो ।

यस्तो हुन्छ भन्ने कसैलाई पनि थाहा थिएन । यो मेरा लागि कठिनाइको क्षण थियो किनकि यस्तो कठिन अवस्थालाई मैले एक्लै झेल्नुपर्‍यो ।

यस्तो अवस्थामा मैले डेटिङ एप्सको सहारा लिएँ । आफ्नो अपार्टमेन्टमा आफ्नो बिरालोसँग बसेर डेटिङ एप्सलाई ‘लेफ्ट राइट स्वाइप’ गर्नु एक प्रकारको मनोरञ्जनको साधन बन्यो । तर, यसबाट वास्तविकतामा तपाईंले कुनै चिजलाई पुष्टि गर्न सक्दैन ।

म घन्टौँसम्म केटाहरूसँग कुराकानी गर्छु । सबै रेस्टुराँ र सार्वजनिक स्थानहरू बन्द रहेका छन् । यदि हामीले खुला भएका क्याफे खोज्छौँ भने हरेक क्षेत्रमा मास्क लगाएर बस्नुपर्छ । यसबाट डेटिङको कुनै अर्थ रहँदैन ।

यस्तो लागिरहेको छ कि तपाईं पूर्ण रूपमा एकान्तमा हुनुहुन्छ र एकान्तवासमा नै भइन्छ जस्तो लाग्छ । यो सुरक्षित पनि छ तर कुनै समयमा कुनै साथीलाई भेट्न, छुन र महसुस गर्न मन लाग्छ ।

जुन व्यक्तिसँग तपाईं डेटिङ गरिरहनुभएको छ, उसका बारेमा जान्न पनि कठिन हुने रहेछ । अनलाइन डेटिङमा कोरोना भाइरस फैलिएको समयमा कठिनाइ बढी हुन्छ ।

तपाईं एक अपरिचित मानिससँग कसरी भेट्नुहुन्छ ? कोरोना भाइरसबाट मुक्त छ या छैन भन्ने जानकारी नभई भेट्न सकिँदैन । यो झनै जोखिमपूर्ण हुन सक्छ ।

म डेटिङ एप्सबाट पनि बिदा लिँदै छु किनकि यहाँबाट केही प्राप्ति हुँदैन । इमान्दारीपूर्वक भन्ने हो भने अहिलेको अवस्था छिट्टै राम्रो हुन्छ भन्ने मलाई लाग्दैन ।

जेरेमी कोहन, २८ वर्ष, ब्रुकलिन, अमेरिका
आफ्नो अपार्टमेन्टमा क्वारेन्टाइनमा बस्दा मैले आफूलाई व्यस्त राख्नका लागि आसपासका छतमा रहेका मानिसको तस्बीर खिच्न सुरु गरेँ । मैले यस्ता तस्बीरमा आधारित फोटो सिरिज नै सुरु गरेको छु ।

केही दिनअघि एउटी युवती छतमा नाचिरहेकी देखेँ । उनको इनर्जीले मलाई आकर्षित गर्‍यो । म आफ्नो बाल्कोनीमा गएंँ र हातले इसारा गरेँ, उनले पनि इसारा गरिन् ।

मलाई त्यसै समयमा हामीबीच सम्बन्ध रहेको महसुस भयो र मेरो इच्छाले उनलाई सम्पर्क हुन थाल्यो । जहाँ इच्छा, त्यहाँ उपाय । मैले ड्रोन लिएँ र मेरो फोन नम्बरसहित नोट लेखेँ र फ्याँके । ड्रोनले उनको छतमा पुर्‍यायो ।

१ घन्टापछि उनको ‘टेक्स्ट म्यासेज’ आयो र हाम्रो कुराकानी सुरु भयो । मैले उनीसँगै बस्ने साथीका माध्यमबाट डेटको योजना बनाएँ । तर, यो अलग डेट थियो- उनी आफ्नो छतमा थिइन्, म आफ्नो छतमा थिएँ ।

दुवै जना एक समान बसाइमा थियौँ- एउटा सानो टेबल, वाइन र खाना । यो डेटमा हामीले पूरै समयसम्म फेसटाइम भिडियो कल गरिरह्यौँ । हामी एकअर्कालाई देख्न सक्थ्यौं र एकअर्कालाई इसारा गर्न पनि सक्थ्यौँ ।

हाम्रो दोस्रो डेट अनलाइन बबलमा भयो । म वास्तविकतामा लाइन क्रस गरेर विना लाइन एकअर्काको नजिक जान चाहन्थेँ । मैले आफ्नो कहानी सामाजिक सञ्जालमा पोस्ट गरेँ र यो भाइरल बन्यो ।

यदि लकडाउन थिएन भने यो सम्भव थिएन । म एक जना राम्रो साथी पाएर धेरै खुसी भएको छु ।

क्लारेसी, ३५ वर्ष, किनसासा, डीपीआर कंगो
कोभिड- १९ को संक्रमण संसारमा खतरा बन्नुभन्दा अघि म कसैसँग क्याजुएल सम्बन्धमा थिएँ । हामी दैनिक एकअर्कालाई भेट्ने गर्थ्यौं तर म मानसिक रूपमा यो सम्बन्धमा जोडिन चाहन्नथेँ ।

म यसलाई विस्तारो गतिमा लैजान चाहन्थेँ तर कसले यस्तो हुन्छ भन्ने सोचेको थियो र ? यो समयमा कंगोमा लकडाउन छैन तर म स्वास्थ्य क्षेत्रमा काम गर्छु ।

मैले भाइरसको खतरालाई गम्भीरतापूर्वक लिएकी छु । यस कारण मैले ४ साताका लागि नभेट्ने निधो गरेँ । मैले उसलाई यो किन जरुरी छ भनेर सम्झाएँ ।

तर, उसले मलाई अरू कसैसँग भेट्न बहाना गरेको ठान्छ र यो कुराले ऊ पागल जस्तै भएको छ । म पनि उसको कमी महसुस गर्छु र मैले कसैलाई मेरो जीवनमा कसैलाई स्थायी रूपमा सामेल गर्ने मौका गुमाइरहेकी छु ।

उसले मलाई पर्खिंदैन भन्ने कुराको डरले सताइरहेको छ । म शारीरिक अन्तरङ्गताको कमी महसुस गरिरहेकी छु । हामी सबैलाई शारीरिक सम्बन्धको चाहना हुन्छ ।

यस्तोमा वैकल्पिक बाटो खोज्छन्, मेरो ब्वाइफ्रेन्डलाई यो कुरा थाहा थियो र उनले आफ्नोतर्फबाट राम्रो सम्बन्ध बनाउन कोसिस गरेका थिए ।

यसले मलाई दुःखी बनाएको छ । अब उनी मसँग धेरै कुराकानी पनि गर्दैनन् । मेरो म्यासेजको उत्तर पनि लामो समयपछि मात्र दिन्छन् । म उनलाई पनि भाइरसबाट बचाउन खोजिरहेकी छु । तर, यही सङ्कटमा हाम्रो सम्बन्ध टुट्ने डर भइरहेको छ ।

देवास्मिता, २४ वर्ष, नयाँ दिल्ली, भारत
मैले मेरो ब्वाइ फ्रेन्ड सँग ३ महिनादेखि डेटिङ गरिरहेकी छु । हामी एउटै शहरमा छौँ भन्ने कुराले मात्र मलाई केही सान्त्वना दिन्छ किनकि यसअघि हामी टाढा थियौँ ।

म कुनै मान्छेसँग यति धेरै माया गर्छु र समय बिताउन सक्छु भन्ने कुराले खुसी थिएँ । हामी एउटै अफिसमा काम गर्ने दैनिक भेट्थ्यौं । यो सबै भगवानको कृपा जस्तो लागिरहेको छ ।

अचानक लकडाउन सुरु भएपछि हामीबीचको सम्बन्धमा लामो दूरी पैदा भएको छ । हामी छुट्टिनका लागि मानसिक रूपमा पनि तयार थिएनौँ ।

हामी दिनमा ६ पटकसम्म भिडियो कल गर्छौं । हामी कुराकानी गर्दै फिल्म हेर्छौं । क्विज खेल्न मन लागेको बेला अनलाइन क्विज खेल्छौँ ।यस्ता तरिकाले हामी अलग रहेर पनि एक साथ हुने कोसिस गरिरहेका छौँ ।

यस्तो अवस्था देखेर हामी हाँस्छौँ पनि । यो सङ्कटबाट बाहिर निस्किएपछि हामीले प्रेमसम्बन्धको सुरुवातमै कत्रो चुनौती सामना गर्नुपर्‍यो भन्ने सुनाउनेछौँ ।

जुली, २४ वर्ष, इलिगन सिटी, फिलिपिन्स
म पछिल्ला २ महिनादेखि टिन्डरमा छु । कोरोना भाइरसको महामारी सुरु हुनुअघि म कुनै पुरुषसँग डेटिङ जान्थेँ । अब समय हाम्रो छैन । कसैलाई भेट्न सक्दिनँ र मेरो सेक्स जीवन नै ‘बोरिङ’ भइरहेको छ ।

म आफ्नो शारीरिक चाहना पूरा गर्नका लागि केही गर्न नसक्दा निराश छु । तर, म यतिबेला मोबाइलमा डेटिङ एप्समा सक्रिय छु । म पुरुषसँग कुरा गर्छु । हामीले भिडियो कल गर्छौं र साइबर सेक्स पनि ।

यसरी हामी आफ्नो यौन चाहना पूरा गर्छौं । यो वास्तविक नभए पनि हामीसँग विकल्प पनि छैन । म यी पुरुषहरूसँग भेट्न चाहन्छु तर हामीसँग घरबाट बाहिर निस्कन सवारी साधन छैन ।

विश्वविद्यालयको छात्रावासमा एक्लै बस्नुपरेकाले पनि मलाई गाह्रो भइरहेको छ । यस्ता दिनमा यौन चाहना बढी हुन्छ । हामीले सायद केही समय यसरी नै बिताउनुपर्नेछ ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्