Logo
६ बैशाख २०८१, बिहीबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना, श्वास फेर्न समस्या

लामो समयदेखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्।

उनका दाजु एवं अभिनेता रनधीर कपुरले भाइ अस्पताल भर्ना भएको पुष्टि गरेका हुन्।

‘ऊ अस्पतालमा छ। क्यान्सर भएको उसलाई श्वास फेर्नमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो। हाल उसको अवस्था ठिक छ’, रनधीरले भनेका छन् ।

उनले ऋषिलाई भेन्टिलेटरमा राखिएको खबरको भने खण्डन गरेका छन्।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको हो।

सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए। फरवरीमा पनि उनलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो।

उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्