Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था गम्भिर, आईसीयूमा भर्ना

फरक धारका मानिने बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था निकै बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए ।

दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए ।

अहिले भने अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेर अरु जानकारी दिन मानेका छैनन् ।

इरफान खानका परिवारले पनि अधिकारिक रुपमा अरु केही बताएका छैनन् ।

इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो ।

उनलाई कोलन इन्फेक्शन भएको छ । हामी सबै उनको बारेमा जानकारी दिइरहनेछौँ । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई बिमारीसँग लड्न मद्दत गरिरहेको छ । उनको अपार इच्छा शक्ति र उनका चाहनेहरुको माया र आशीर्वादले उनी चाँडै नै ठिक हुनेछन् ।’

स्वास्थ्य धेरै बिग्रिएको कारण इरफानलाई आईसीयूमा भर्ना गरिएको एक नजिकको स्रोतले नाम नबताउने शर्तमा भने । गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए ।

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो ।

भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ ।

उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’

बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्