Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलका फुटबल खेलाडी रोनाल्डिन्हो ३२ दिनपछि जेलमुक्त

काठमाण्डौ : ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो रिहा भएका छन् ।

नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ६ महिना जेल सजाय घोषणा भएका रोनाल्डिन्हो ३२ दिनमा रिहा भएका हुन् ।

उनी रिहा भए पनि मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ ।
उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।

तारेखमा रिहा हुनका लागि १ दशमलव ६ मिलियन डलर तिर्न नसकेपछि दुवै जनालाई जेल सजाय भएको थियो ।फिफा प्लेयर अफ द इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । ब्राजिलले सन् २००२ मा विश्वकप जित्दा उनी राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

 

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्