Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना अवधीभर कतार सरकारले श्रमिकको तलव कटौती नहुने, सोझै बैंकमा भुक्तानी गरिदिने

कतार सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पुरा तलव पाउने स्पष्ट गरेको छ ।

कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पुरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरु तथा रोजगारदाताहरुले कानून पालना गर्नुपर्ने बताएको छ ।

कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलव भुक्तानीका लागि ३ अर्व कतारी रियाल बरावर उपलव्ध गराउने भएको छ जुन वैंकहरु मार्फत ऋणका रुपमा लिन सकिन्छ ।

तर सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् किनकी श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भनेः हामीलाई थाहा छ की उनीहरु (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सवैलाई सुरक्षित राख्नका लागि नै हो र कम्पनीहरुले उनीहरुको सम्पूर्ण खर्च व्यवहोर्नु पर्दछ ।

हाल कतार बाहिर रहेका श्रमिकको हकमा भनें उनीहरुले कम्पनीका लागि काम गर्नु नपरेका कारण उनीहरुले वेतलवी विदा पाउनेछन् ।

यसअगाडी कतारले श्रमिकको कुनै गुनासो भएमा गुनासो दर्ताका लागि हटलाइनको व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्