Logo
८ बैशाख २०८१, शनिबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UAE मा ६ जना नेपाली सङ्क्रमित : २ लाख ७५ हजार नेपाली कामदारको कटौती र तलब रोकिदै

नेपालीहरुको रोजगारमूलक देश संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको पुष्टि भएको छ।

तीमध्ये २ जना नेपाली निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो ।

कोरोनाका कारण मानवीय दैनिकी तथा संसारभरको अर्थ व्यवस्था ओरालो लागिरहेको बेला यस्तो निर्णयले निजी क्षेत्रका लगानीकर्तालाई केही राहत मिले पनि कामदारहरु भने समस्यामा पर्ने भएका छन् ।

यूएईले निजी क्षेत्रका कम्पनीहरुलाई प्रक्रिया पुराएर कामदार कटौती तथा तलब रोक्न सक्नेसम्मको अनुमति प्रदान गरेको छ । यूएई सरकारले सोमबार गरेको निर्णय अनुसार कोभिड १९ को सङ्क्रमणको प्रभावले समस्यामा परेका निजी क्षेत्रका कम्पनीहरुलाई यस्तो व्यवस्था गरेको हो ।

रोजगारको नीतिका बारेमा सोमबार यूएई सरकारले आफ्नो धारणा सार्वजनिक गरेपछि यस्तो आशङ्का देखिन थालेको हो । यसबारे युएईमा कामदार प्रदान गर्दै आएका देशहरुका नियोगहरुलाई अहिलेसम्म अधिकारिक जानकारी भने गराइएको छैन ।

त्यसैले नेपाल सहित आबुधाबी, डायलग तथा कोलम्बो प्रोसेसमा आबद्ध देशहरूले आफ्ना नागरिकले सुरक्षा र अवस्थाका कारण रोजगारी गुमाए सम्बन्धित देश फर्काउने विषयमा पूर्वतयारी गर्न भ्याइसकेका छैनन् ।

यद्यपि आबुधाबीमा रहेको नेपाली दूतावासले परि आउने समस्यामा सबैसँग हातेमालो गरेर समाधान गर्ने जनाएको छ । ‘हामी नेपाली नागरिकको सुरक्षाका विषयमा सर्तक र पूर्ण तयारी अवस्थामा छौँ, अहिले नै आत्तिनु पर्ने अवस्था छैन’, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने ।

राजदुत ढकालले अहिलेको समस्यासँग जुध्न होसियारी पूर्वक सबै सजग हुनु र दुई देशका सरकारहरुले लागु गरेका नियमको पालना गर्नु सबैको हितमा हुने बताए।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार यूएईमा फागुन २६ ९मार्च ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना गएको चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेका नेपालीको अवस्था सामान्य रहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रिता धितालले जानकारी दिनुभयो ।

५ जनाको ज्यान गयो, ६ सय ११ जनामा सङ्क्रमण

कोरोना सङ्क्रमणका कारण सोमबारसम्ममा यूएईमा पाँच जनाको ज्यान गएको छ । त्यस्तै ४१ जना नयाँ सङ्क्रमित भेटिएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार दुई जना भारतीय र एक जना फिलिपिनी नागरिकले स्वास्थ्य लाभ गरेका छन् । योसँगै जम्मा ६१ जना निको भएका छन् ।

यहाँका विद्यालयहरु बन्द गरिएका छन् । ठूला मलहरु बन्द छन् । केही कम्पनीहरुले दिउँसो मात्रै काम गरिरहेका छन् । त्यसरी काम गरिरहेका कामदारले असुरक्षित महसुस गर्ने गरेका छन् ।

त्यस्तै आउँदो अक्टोबर २० बाट २०२१ को अप्रिलसम्म सञ्चालन गर्न लागेको दुबई प्रदर्शनी समेत सर्न सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रदशनीको मिति सार्ने विषयमा उच्चस्तरीय बैठक बसिरहेको तर निर्णय भने सार्वजनिक गरिएको छैन । प्रदर्शनीलाई यूएईले अर्थ व्यवस्था उकास्न प्रतिष्ठाको रुपमा लिएको छ ।

यूएई सरकारले आमनागरिकको सुरक्षा सतर्कतालाई ध्यान दिँदै तीन दिनका लागि ‘लकडाउन’ गरेको समय थप एक हप्ताका लागि लम्ब्याएको छ । मार्च २७ गतेबाट हरेक दिन राति ८ बजेदेखि अप्रिल ५ तारिखसम्म बिहान ६ बजेसम्मका लागि लकडाउन (रातको समयमा मात्रै कर्फ्यु) आदेश गरिएको छ । दिउँसोको समयमा सार्वजनिक सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।

केही कम्पनीले नियमित काम गरे पनि काम रोकिएका कम्पनीका कामदारले खाइपाइ आएको रोजगारीमा जान सकेका छैनन् । दुई लाख ७५ हजार नेपाली कामदार रहेको यूएईमा पनि यो समस्या देखिन थालेको छ ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्