Logo
७ बैशाख २०८१, शुक्रबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघ्यो, मर्नेका संख्या २० हजार

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख कटेको छ । संक्रमित भई मृत्यु हुनेको संख्या २० हजार नजिक पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ४ लाख ३६ हजार २४ पुगेको छ ।

मृतकको संख्या १९ हजार ६ सय ३० पुगेको छ । संक्रमणमुक्त भएकाको संख्या १ लाख ११ हजार ८ सय ७८ पुगेको छ ।

अहिलेसम्मको तथ्यांकमा संक्रमित संख्यामा चीन नै अगाडि छ । चीनमा ८१ हजार २ सय १८ संक्रमित भइसकेका छन् ।

मृतकको संख्यामा चीन इटाली र स्पेनपछि तेस्रो स्थानमा छ । चीनमा ३ हजार २ सय ८१ को मृत्यु भइसकेको छ । इटालीमा ६ हजार ८ सय २० र स्पेनमा ३ हजार ४ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमितको संख्यामा इटाली दोस्रो स्थानमा छ । इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित छन् । तेस्रो स्थानमा उक्लिएको अमेरिकामा ५४ हजार ९ सय ७३ संक्रमित छन् ।

स्पेनमा ४७ हजार ६ सय १०, जर्मनीमा ३४ हजार ९, इरानमा २७ हजार १७, फ्रान्समा २२ हजार ३ सय ४, स्वीटजरल्यान्डमा १० हजार ४ सय ५६, दक्षिण कोरियामा ९ हजार १ सय ३७, बेलायतमा ८ हजार ७७, नेदल्यान्डमा ५ हजार ५ सय ६० जना संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या द्रुत गतिमा बढिरहेको छ । चीनमा नियन्त्रणतर्फ गएको छ ।

दक्षिण एशियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा छन् । त्यहाँ एक हजार संक्रमित भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । पाकिस्तानपछि भारतमा ५ सय ६२ संक्रमित भएका छन् ।

भारतमा १० जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । श्रीलंकामा १०२, अफगानिस्तानमा ७९, बँगलादेशमा ३९, मालदिभ्समा १३, नेपालमा ३ र भुटानमा २ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्