Logo
८ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : लोकसेवा आयोगको परीक्षा स्थगित

कोरोना भाइरस अहिलेको अवस्थामा विश्वभरि माहामारीको रुपलिइरहेको बेलामा नेपालमा पनि यसको त्रास बढ्दै गएको अबस्था रहेको छ । सो अवस्थालाई मध्यनजर गर्दे लोकसेवा आयोगले परीक्षा स्थगित गरेको छ ।

आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा SEE र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । “कोभिड–१९ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई यही चैत ८ देखि चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थानतर्फ लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ”, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्