Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवले माग्यो ठूलो संख्यामा खरिदार, दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म

लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार पदका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो ।

१८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद लाग्ने छैन ।

दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २५ गतेसम्म फाराम भर्न सकिने छ ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्