Logo
७ बैशाख २०८१, शुक्रबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस् भिडियो : अञ्जु पन्तको स्वरमा ‘एक्लै छु म’ सार्वजनिक

लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ ।

प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

एविएस म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने ।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्