Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यान्चेस्टर युनाइटेले डर्बी काउण्टी क्लवलाई ३-० ले हराउदै एफए कपको क्वार्टर फाइनलमा प्रवेश

म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा डर्बी काउण्टी क्लबलाई ३-०ले हराउँदै युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडलाई जिताउन ओडिओन इगालोले २ तथा ल्युक शले १ गोल गरे ।

युनाइटेडले क्वार्टर फाइनलमा नर्विच सिटीसँग खेल्नेछ । पेनाल्टीमा टोटनह्यामलाई हराउँदै नर्विच २८ वर्षपछि एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्लिस एफए कपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ  ।

त्यस्तै अन्य क्वार्टर फाइनल खेलमा आर्सनल र शेफिल्ड युनाइटेड, चेल्सी र लेस्टर सिटी तथा म्यान्चेस्टर सिटी र न्युक्यालस प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्