प्राधिकरणको लापरवाही : विद्यालयबाट फर्केर खेल्न पुगेका बालक बिजुलीको पोलबाट किचिए
प्रदेश २ स्थित धनुषामा बिजुलीको पोलमा किचिएर स्कुले बालकको मृत्युु भएको छ । धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी बर्ष १० आशिक गडेरीको बिजुलीको पुलमा किचेर मृत्यु भएको हो ।
बालक किचिएको जानकारी हुनासाथ ५० मिटरको दुरीमा मात्र रहेको ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल धनुषाधाम घटनास्थल पुगेर डोजर लिएर पोल हटाएको थियो । स्थानीयका अनुसार तबसम्म बालकको मृत्यु भइसकेको थियो ।
बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ । स्थानीयबासीले विद्युत प्राधिकरणको लापरवाहीले मृत्यु भएको भन्दै आक्रोशित भएका छन् ।
स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ बालक पोलमाथि बस्न खोज्दा ढलेर जिउमै किचे किचिएपछि घटना स्थलमै मृत्युु भएको जनाएको छ ।