Logo
२८ भाद्र २०८१, शुक्रबार
(February 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘किन अपशब्द बोलेको’ भनी सम्झाउन जाँदा चिरपट प्रहार गरि ५१वर्षे सोनेलालको हत्या

प्रदेश २ स्थित धनुषा जिल्लामा एक पुरुषको चिरपट प्रहार गरि हत्या भएको छ ।  सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने अन्दाजी बर्ष ५१ का सोनेलाल कुलामीको शुक्रबार राति समान्य झैझगडाको क्रममा चिरपट प्रहार गरि हत्या भएको हो ।

धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर स्थित कलभर्टमा समान्य विवादमा कुलामीमाथि युवाहरुको एक समुह बाँस र काठको चिरपट प्रहार गरेपछि गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कलभर्टमा बसेका गाउँकै केही युवकहरुले अपशब्द बोलिरहेको अवस्थामा किन यस्तो अपब्द बोलेको भनेपछि उनीहरुबिच समान्य भनाभान भएको थियो ।  अपशब्द बोल्ने युवकहरुसँग स्थानीयहरुको भनाभनपछि युवकहरु भाग्दै अहिले सिध्यादिन्छु भन्दै गएर केही बेरमा ७ जनाको समूहमा आएका ती युवकहरु स्थानीयहरुमाथि प्रहार गरेको जनाइएको छ ।

युवाहरूको दुई समुहबिच भइरहेको विवादमा सोनेलाल कुलामीले-“किन झगडा गरेको भनेपछि उनैमाथि चिरपट प्रहार भएको थियो । घटना पश्चात् प्रहरीले ५ जना लाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरुमा सबैला नगरपालिका १ बस्ने  कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला ४ बस्ने मनु यादव रहेका छन् । घटना अारोपी अमरजीत यादव फरार रहेेका छन् । उनको खोजी र घटना विषयमा अनुुुुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 29, 2020

प्रतिक्रिया दिनुहोस्