Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनको २ पटक ३३ किलोको दरले दुध दिएर विश्व रेकर्डमा दर्ज भैंसी ८१ लाखमा बिक्री

३३.१३ किलोग्राम दुध दिएर विश्व रेकर्ड राखेको भारतको हरियाणाको मुर्राह जातको भैंसी सरस्वती ८१ लाख रुपैयाँमा बिक्री भएको छ । पहिलो यो रेकर्ड ३२.०५ किलोग्राम दुध दिएर पाकिस्तानको भैंसीको नाममा रहेको थियो ।

हिसार जिल्लाको लितानीका किसान सुखबीर सिंह ढांडाले सरस्वतीलाई ४ वर्ष अघि २ लाख रुपैयाँमा किनेका थिए । सरस्वतीलाइ लिएर सुखबीर केही दिन पहिले लुधियानाको जगरांवमा डेरी एण्ड एग्रो एक्सपोमा भाग लिन गएका थिए ।

त्यहाँ सरस्वतीले ३३.१३ किलो दुध दिएर विश्व रेकर्ड कायम गरेको थियो भने ३ लाख २० हजार रुपैयाँ पुरस्कार पनि जितेको थियो ।

भैंसी बेच्नु अघि किसानले एउटा समारोह आयोजना गरेका थिए । उक्त समारोहमा करीब ७ सय किसान उपस्थित भएका थिए ।
लुधियानाका पवित्र सिंहले ८१ लाख रुपैयाँमा सरस्वतीलाइ खरिद गरेका हुन् ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्