कोरोना भाइरस : संकटग्रस्त अवस्थामा पुग्यो दक्षिण कोरिया, इटाली र इरान
कोरोना भाइरस ‘कोभिद-१९’ को प्रभाव पहिलोपटक चीनमा भन्दा बाहिर बढी देखिएको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले जनाएको छ।
करिब ४० देशमा फैलिसकेको कोरोनाबाट बिहीबार बिहानसम्म ८२ हजार १ सय ३८ जना संक्रमित बनिसकेका छन्। २८ सय एकको मृत्यु भइसकेको छ।
कोरोनाभाइरसबाट संक्रमित हालसम्म ३२ हजार ७५६ जना उपचारपछि स्वस्थ बनेको तथ्यांक छ। चीनबाहिर कोरोनाबाट सबैभन्दा बढी संक्रमित दक्षिण कोरिया हो। दक्षिण कोरियापछि इटाली र इरान पनि संकटग्रस्त अवस्थामा पुगेका छन्।
दक्षिण कोरियामा बिहीबार बिहानसम्म १५९५ जना कोरोनाबाट संंक्रमित छन्। त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ।
यस्तै इरानमा १३९ जना कोरोनाबाट संक्रमित छन् भने त्यहाँ मृतकको संख्या १९ पुगेको छ।
बुधबारसम्म इटालीमा ८० जना मात्र संक्रमित थिए।
बिहीबारसम्म त्यहाँ कोरोनाको संक्रमण ५ गुणाले वृद्धि भएको छ। कोरोनाको संक्रमण वृद्धि भएसँगै इटालीमा ४४७ जना संक्रमित देखिँदा त्यहाँ १२ को मृत्यु भइसकेको छ।
चीनमा हालसम्म ७८ हजा ४९७ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २७ सय ४४ पुगिसकेको छ।
दक्षिण कोरिया, इटाली, इरान लगायत अन्य देशको संयुक्त वृद्धिदर चीनकोभन्दा बढी भएको डब्लूएचओले जनाएको छ।