Logo
२२ भाद्र २०८१, शनिबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारले किसानको बैंक खातामा सिधै रकम जम्मा गर्ने

नेपाल संघीय सरकार प्रदेश नं २ ले किसानलाई कृषिजन्य उत्पादन गर्न अनुदान दिने योजना ल्याउन लागेको छ । सो योजना अन्तर्गत प्रदेश सरकारले किसानको बैंक खातामा सिधा रकम जम्मा गर्ने तयारी थालेको हो ।

जनकपुरमा आयोजित खाद्य मेलाको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले गरिब तथा विपन्न किसानलाई लक्षित गरेर अनुदान दिने योजना ल्याउन लागेको बताए।

उनले किसानको खातामा सिधा अनुदान रकम पठाइदिने विशेष कार्यक्रमको चाँडै घोषणा गर्ने पनि बताएका छन्। उनले भने, ‘पाँच कट्ठामा खेती गर्ने किसान होस् वा १० र १५ कट्ठामा खेती गर्ने। सबै किसानको खातामा सिधा रकम पठाउँछौं।’ किसानले बैंक मार्फत रकम पाउँदा कमिशनको खेल अन्त्य हुने उनको भनाइ छ।

संघीय सरकारले प्रदेशलाई मात्र २ प्रतिशत बजेट उपलब्ध गराइरहेको भन्दै थोरै भएपनि किसानलाई राहत मिलोस् भनेर अनुदान दिने उनले बताए ।

‘संघीय सरकारले किसानको नाममा अनुदानको रकमले माफिया पाल्ने काम मात्र गरिरहेको छ’, मुख्यमन्त्री राउतले भने, ‘जुन किसानले खेती गरेर गुजारा गर्छन् । त्यसले कहिल्यै अनुदान पाएनन्। त्यसैले उनीहरुलाई अब प्रदेश सरकारले सिधा बैंकमा रकम पठाउँछन् । ’
‘किसानले समयमा न मल पाउँछन् न बिउविजन पाउँछन्, मुख्यमन्त्री राउतले भने, ‘खेतमा सिंचाइ पनि छैन। धन्य, भगवान। जसले समयमा वर्षाइदिन्छ ।

अनी किसान जसोतसो खेती गरिरहेको अवस्था छ।’ नेपालमा सबैभन्दा खराब अवस्था कसैको छ भने त्यो किसान हो। उनले थपे ।
संघीय सरकारको कृषि मन्त्रालयमा करोडौं बजेट भएपनि खेती गर्ने किसानले सहुलियत (अनुदान) नपाउने गरेको मुख्यमन्त्री राउतले औल्याए।

उनले संघीय सरकार जसले दलाली गर्छन उसैलाई कृषि अनुदान दिने गरेको गुनासो पोखे। उनले संघीय सरकारकै कारण किसानले खेती गर्न छाडेको र उत्पादन घटेको दाबी गरे।

उनले एकैपटक सबै स्थानीय तहमा कार्यक्रम शुभारम्भ गर्न समस्या पर्न सक्ने भन्दै ८ स्थानीय तहबाट सुरुवात गरिने बताएका छन् ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्