Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई

प्रदेश नं १ सुनसरी जिल्ला स्थित इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई १–० गोलले पराजित गरेको छ । सो सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको हो ।

इनरुवा खेल मैदानमा टिमका लागि जीत दिलाउन बिन्दवासिनी फुटबल क्लबका खेलाडी सम्राटले निर्णायक गोल गरेका थिए । वीरगञ्ज युनाइटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मूलका खेलाडी सम्राटले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए ।

निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डिबक्समा झुक्याउँदै हेडिङमार्फत गोल गरेका थिए । प्रतियोगिताको उपाधिसँगै विराटनगरले शिल्डसहित नगद २ लाख र उपविजेतामा सीमित बाराले नगद रु एक लाख प्राप्त गरेका थिए ।

विजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतमसहितले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्