Logo
१३ बैशाख २०८१, बिहीबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० गोलले हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत भएको पाटन डर्बीमा ललितपुरको क्लब थ्रीस्टारले २ गोल गरि आजको खेल जित्न पुगेका छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले ललितपुरकै च्यासल युथ क्लबलाई २–० गोलले हराएको छ ।
थ्रीस्टारको जितमा भारतीय खेलाडी लाल रामाम्भ्रा र अनन्त तामाङले गोल गरे । थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

७०औँ मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । उनले निशान खड्काको फ्रिकिक पासमा हेड गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई सजिलै जिताए ।

डि–बक्सभित्र च्यासलका छिरिङ गुरुङले लाल रामाम्भ्रालाई फल हानेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो ।

लाल रामाम्भ्रा म्यान अफ दी म्याच भएका छने भने उनले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
यो जितसँगै २६ अंक बनाएर थ्रीस्टार तेस्रो स्थान रहेको छ । अन्तिम खेलको हारसँगै १५ अंक बनाएको च्यासल आठौँ स्थानमा रएको छ ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्