Logo
२६ भाद्र २०८१, बुधबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतमा ढिस्कोले पुरिएर ६ जनाको मृत्यु, सरकारलाई घटनाको यर्थाथ पत्ता लगाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर ६ जनाको मृत्यु भएका तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ ।

कुवेतस्थित एक कम्पनीमा कार्यरत ६ जना नेपाली कामदारहरु कामको सिलसिलामा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भनिएको घटना सम्बन्धमा कति जना नेपाली घाइते भए भन्ने विवरण एकीन आएको छैन त्यसैले नेपाल मानवअधिकार आयोगले ध्यानाकर्षण जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताएका छन् ।

उक्त घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकार समेतको संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ ।

आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्