Logo
३१ भाद्र २०८१, सोमबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ हजार बालबालिकालाई दादुरा र रुवेला खोप दिइने

प्रदेश नं १ स्थीत इटहरी उपमहानगरमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ ।

इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ ।

दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले बताएका छन् ।

इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालीम दिइसकिएको छ । सबै वडामा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ ।

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिका रहेका सबै घरहरुमा खोपका लागि निम्तो कार्ड पु¥याइने सरोकारवालासँग गरिएको नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलले बताएका छन् ।

खोप अभियानका लागि १८५ स्वयंसेवक परिचालन गरिनेछ । कार्यक्रममा इटहरी अस्पतालका डा मनिष शर्मा, स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले रुवेला–दादुरा खोप अभियानको महत्वका बारेमा प्रकाश पारेका छन् ।

इटहरी उपमहानगर–४ का अध्यक्ष चन्द्र भट्टराईले खोप अभियान सम्पन्न गर्न कार्यपालिकाले भरपुर सहयोग गर्ने बताएका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चिताका लागि खोप अभियान सफल बनाउन सम्बन्धित सबै सरोकारपक्षसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्