Logo
८ बैशाख २०८१, शनिबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित राजर्षी जनक विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

नेपाली कांग्रेसको भतृसंगठन नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

विश्वविद्यालयका पदाधिकारीहरुले अनियमित तरिकाले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै आज (बुधबार) विश्वविद्यालयको भिसी र डिनको कार्यालयमा नेविसंघ धनुषाको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

छात्रवृत्ति र विद्यार्थी भर्ना प्रक्रियामा विश्वविद्यालयका पदाधिकारीहरुले अनियमितता गरेकाले बाध्यतावश आफुहरुले तालाबन्दी गरेको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले बताए ।

उनले भने, ‘नेविसंघ धनुषा विद्यार्थी भर्ना प्रक्रिया पारदर्शीरुपमा हुनुपर्ने र छात्रवृत्तिमा समेत अनियमितता नहुनुपर्ने माग राख्दै आन्दोलित भएको छ ।’

यता विश्वविद्यालयका डिन जुगेश्वर साहले विद्यार्थीहरुले कुन कारणले तालाबन्दी गरेका छन् त्यस सम्बन्धमा आफुलाई कुनै जानकारी नै नभएको बताए ।

विद्यार्थीहरुलाई आफ्ना मागहरु स्पष्टरुपमा लिएर आउन आग्रह गर्दै उनले अनियमितता सम्बन्धी छानविन गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्