Logo
३१ भाद्र २०८१, सोमबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका लागि आइजिपीबारे निर्णय लिर्दै सरकार

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) बारे टुंगो लगाउने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद बैठकमा नयाँ आइजिपीबारे निर्णय लिने हुने सम्भावना रहेको छ ।

हालका आइजिपीले बुधबारदेखि अवकाश पाउने भएपछि प्रहरीको नयाँ नेतृत्वबारे सरकारले निर्णय गर्न लागेको हो । गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको एआइजी र आजिपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको नेतृत्व दिने तयारी सरकारको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २९ अर्थात बुधबारदेखि गते अनिवार्य अवकाश पाउँदैछन् । बरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आइजिपी बनाउने तयारी गरेको बताइएको छ ।

२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र १८ जना डिआइजीले पनि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । अवकाशपछि नेपाल प्रहरीमा आइजिपीसँगै तीन एआइजी र १८ डिआइजीको पद पनि रिक्त हुनेछ । खनालको ब्याजले अवकाश पाएपछि ज्ञवाली ज्येष्ठता र वरिष्ठताका आधारमा सबैभन्दा वरिष्ठ डिआइजी हुनेछन् ।

ज्ञवालीले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । गृह मन्त्रालयले २०७५ कात्तिकमा गरेको ११ वरिष्ठ प्रहरी उपरीक्षकहरुको बढुवामा ज्ञवाली खनालको ब्याजपछि पहिलो नम्बरमा थिए। ज्ञवालीलाई सरकारले नियुक्त गरे उनले करिब पाँच महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । त्यसपछि उनले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्