Logo
४ आश्विन २०८१, शुक्रबार
(February 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

को-को बन्दै छन् नयाँ सचिव ?

निजामति सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ ।

सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउने गरी गृहकार्य अगाडि बढाएको छ ।निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ ।

सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो ।पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ । सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्न दौडधूप गर्ने पद्धति भने बन्द भएको छ ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया विवादरहित हुँदै आएको छ ।

गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कायार्यलयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्र सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो ।

यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रक्रिया थालेसँगै रिक्त प्रशासनतर्फको तीन सचिव पदमा वरिष्ठ सहसचिवहरू एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी सचिव बन्ने निश्चित छ ।

सचिवमा बढुवा हुने तयारीमा रहेका सहसचिवहरूमध्ये अर्याल हाल कोलकतास्थित नेपाली महावाणिज्यदूतमा कार्यरत छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्