Logo
२२ भाद्र २०८१, शनिबार
(February 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध

काठमाडौैं : विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरोध गरेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ लगायतका १ सय ७५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।

बिहीबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ’ उनले भनिन् ।

कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको भुसालले बताइन् ।

प्रकाशित मिति: Feb 6, 2020

प्रतिक्रिया दिनुहोस्