Logo
२८ भाद्र २०८१, शुक्रबार
(February 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसमा खैलाबैला, देउवा निबासमा आकस्मिक बैठक सुरु

काठमाडौं । साढे ९ करोडको विगोसहित कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसले त्यसको सामाना गर्नेबारे रणनीति बनाउन आकस्मिक बैठक सुरु भएको छ ।

कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा सुरु भएको आकस्मिक बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू सहभागी छन । बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको उच्च स्रोतले नागरिक टाइम्सलाई बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको छ । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पूर्वाग्रह साधेर आफ्ना उपसभापतिमाथि मुद्दा लगाइएको प्रतिक्रिया दिएका थिए । त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अख्तियारको निर्णयले संशय उब्जाएको प्रतिक्रिया दिएका थिए । यद्यपी पार्टीको तर्फबाट औपचारिक प्रतिक्रिया आउन सकेको छैन ।

प्रकाशित मिति: Feb 6, 2020

प्रतिक्रिया दिनुहोस्