Logo
३१ भाद्र २०८१, सोमबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाइल्यान्डमा कोरोना भाइरसको सफल उपचार, परिक्षणको ४८ घन्टापछि बिरामीमा देखियो नेगेटिभ

बैंकक : कोरोना भाइरसबाट संक्रमित एक चिनियाँ महिलामा सुधार देखिएको छ । उनलाई फ्लू र एचआईभीको उपचारमा प्रयोग हुने एन्टिभाइरलको मिश्रणबाट उपचार गरिएपछि उनमा सुधार आएको हो ।

थाइ चिकित्सकहरुले यो मिश्रण प्रयोग गरेको ४८ घन्टापछि ७१ वर्षीय बिरामीमा कोरोनाभाइरस नेगेटिभ देखिएको मन्त्रालयले गर्ने गरेको दैनिक पत्रकार सम्मेलनको अवसरमा डा. क्रिङसाक एटिपोनवानिचले बताए ।

‘प्रयोगशालामा कोरोनाभाइरसको परिक्षणमा पोजेटिभ देखिएकी महिलामा ४८ घन्टापछि नेगेटिभ देखियो,’क्रिङसाकले भने । ‘उपचार हुन्न भनेर हरेस खानु अगाडि उनी १२ घन्टापछि सैयामा बस्न सक्ने भएकी थिइन्,’ उनको भनाई थियो ।

चिकिस्तकहरुले एन्टी फ्लू औषधी ओसल्टामिभरी र एचआईभीको उपचारमा प्रयोग हुने एन्टीभाइरल रिटोनाभिरको मिस्रण प्रयोग गरेको क्रिङसाकले बताए । मन्त्रालयले यो उपलव्धीको अनुसन्धान नतिजा कुरेर बसिरहेको छ ।

थाइल्यान्डमा यो भाइरसको पुष्टि भएको १९ केस फेला परिसकेको छ । यो भाइरस हाल बन्द अवस्थामा रहेको मध्य चीनको सहर वुहानबाट सुरु भएको थियो ।

थाइल्यान्डमा संक्रमितको संख्या चीन बाहिरको दोस्रो बढी हो । जापानमा २० केस फेला परेका छन् । हालसम्म थाइल्यान्डमा ८ बिरामीहरु स्वास्थ्यमा सुधार भएर घर फर्किसकेका छन् भने ११ अझै अस्पतालमै उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्