बारका पूर्वाध्यक्ष फणीन्द्र बहादुर पाण्डेको निधन
नेपाल बार एशोसिएशन तनहुँका पूर्वअध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्र बहादुर पाण्डेको आज निधन भएको छ ।
केही समयदेखि अस्वस्थ पाण्डेको तनहँुको व्यास नगरपालिका–३ दमौलीस्थित आफ्नै निवासमा निधन भएको हो ।
पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पाण्डेको निधनले पार्टीलाई अर्पूणीय क्षति पुगेको बताउएका छन् ।
नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पाण्डेको निधनले समग्र तनहुँवासीले आफुहरुले अभिभावक गुमाएको महसुस गरेको बताएका छन्।