Logo
२२ भाद्र २०८१, शनिबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारोनाको संक्रमण रोक्न चीनले १० दिनमै बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँने

चीनले १० दिनमै बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँने भएको छ ।कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा अस्पताल तयार गरेको हो। यो सँगै अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

सो अस्पताल १ हजार शैय्याको बनाइएको छ । अस्पाल कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको हो । अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ ।

संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्ने बीबीसीले जनाएको छ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ ।

चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्