Logo
१० असार २०८२, मंगलबार
(February 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनायो

बुधबारदेखि राजधानीमा जारी नेकपा केन्द्रीय समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

आइतबार केन्द्रीय समिति बैठकमा झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरिएको हो। कार्यदलले १० दिनको म्याद पाएको छ।

उक्त अवधिमा अध्ययन प्रतिवेदन तयार गरी बुझाउनुपर्ने नेकपाका एक नेताले नेपालखबरलाई जानकारी दिए।

प्रकाशित मिति: Feb 2, 2020

प्रतिक्रिया दिनुहोस्