Logo
४ आश्विन २०८१, शुक्रबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस संक्रमणले विश्वभर स्वास्थ्य आपतकाल घोषणा

कोरोनाभाइरस विश्वव्यापी फैलदै गएकोले गर्दा डब्लुएचओ संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनबाट विश्वव्यापी रुपमा फैलिएको यो रोगको बिरामी एक हप्तामानै १० गुणा बढदै गएकोले गर्दा डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कोरोनाभाइरसबाट धेरैले ज्यान गुमाइसकेका छन । हालसम्म २सय १३ जनाको ज्यान गएको र यो रोगबाट अहिले सम्म संक्रमितको संख्या ९हजार ६सय १२ पुगीसको छ । अझै थप एकलाख २हजार मानीसहमा यो रोगको परिक्षण गरिरहेको छ भनेर चिनिया स्वास्थ्य आयोगले बताएको छ ।

डब्लुएचओ एजेन्सीले कोरोनाभाइरस भाइरसलाई ‘असाधरण घटना’ लिनुपर्ने जनाएको छ । कोरोनाभाइरस चिनमा मात्र माहामारि भएर यस्तो घोषणा गरिएको हैन । यो अन्र्तराष्ट्रियरुपमानै १८ देशमा फैलिसकेको र चिनको सहर वुहानबाट सुरु भएको यो रोग अहिले एसियन तथा युरोपियन देशमा पनि संकमित भइसकेको कारणले गर्दा आपत कालको घोषना गरिएको डब्लुएचओको प्रमुख टेड्रोस अधानोम घेब्रेइससले बताए।

यो रोग पहिला पशुबाट मानिसलाई सरेको पाइए पनि अहिले मानिसबाट मानिसमा सरेको पाइएको छ । त्यसैले यो कोरोनाभाइरसले कम्जोर स्वास्थ्य भएको देशमा ठूलो समस्या ल्याउन सक्छ भनि आपतकालको घोषना गरिएको उनले बताएका छन् ।

डब्लुएचओले हालसम्म पाँच पटक यस्तो आपतकालको घोषणा गरीसेको छ भने यो छैटौं आपतकाल घोषण हो । सन् २००९ मा स्वाइन फ्लु , सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका भाइरस र सन् २०१४ र १९मा इबोला भाइरसको महामारी फैलिंदा यस्तो घोषणा गरिएको थियो ।

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्