Logo
४ आश्विन २०८१, शुक्रबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा केन्द्रीय समिति बैठक : कुन समूहको टोली नेता को ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु भएको छ ।

बुधबार उद्घाटन शत्रमा स्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको हो ।

छलफलका लागि १५ समूह विभाजन गरिएको छ । अहिलेसम्म १४ समूहले टोली नेता पाएका छन् । १० नम्बर समूहमा भने नेतृत्व विवाद हुँदा टोली नेता चयन हुन सकेको छैन । टोली नेता चयन नभए पनि छलफल भने सबै समूहले सुरु गरेका छन् ।

कुन समूहमा को बने नेता ?

समूह १ मा दुईजना टोली नेता बनेका छन् । उर्मिला अर्याल र आनन्द पोखरेललाई नेता बनाइएको हो । समूह २ मा कमला रोकाले नेतृत्व पाएकी छन् । उनको सहूहमा कृष्णध्वज खड्का र कृष्ण राई उपनेता बनेका छन् ।

समूह ३ मा खिमलाल भट्टराई नेता बनेका छन् भने समूह चारमा जगन्नाथ खतिवडा टोली नेता बनेका छन् । त्यसैगरी समूह पाँचमा ठाकुर गैरे टोली नेता बनेका छन् । समूह ६ मा दिनानाथ शर्मा टोली नेता बनेका छन् भने उनको समूहमा देवेन्द्र दाहाल, देवी खड्का, देवी ज्ञवालीलगायत नेता छन् ।

समूह ७ मा पुर्णकुमारी सुवेदी टोली नेता बनेकी छन् भने निरज आचार्य उपनेता बनेका छन् । समूह ८ मा विन्दा पाण्डे टोली नेता बनेकी छन् भने बलराम बास्कोटा उपनेता बनेका छन् ।

समूह ९ मा भगवती चौधरी नेता र भाष्कर काफ्ले उपनेता बनेका छन् । समूह ११ मा राजेन्द्र राई नेता बनेका छन् । समूह १२ मा रेणु दाहाल नेता बनेकी छन् । उनको समूहमा लक्ष्मीप्रसाद पोखरेल, रेखा शर्मा, रामदीप आचार्य र लक्ष्मण पौडेललगायत नेता छन् ।

समूह १३ मा लेखनाथ न्यौपाने नेता र सावित्रा भुसाल उपनेता छन् । १४ नम्बर समूहमा राम कार्की नेता बनेका छन् भने शिवमाया तुम्बाहाङफे उपनेता बनेकी छन् । १५ नम्बरमा हिमाल शर्मा टोली नेता बनेका छन् भने सावित्रा भुसाल उपनेता बनेकी छन् ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्