Logo
१३ बैशाख २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड सुपरस्टार रजनीकान्तलाई तत्काल पक्राउ गर्न माग

बलिउड सुपरस्टार रजनीकान्तलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। चर्चित टिभी सो मेन भर्सेस वाइल्डको सुटिङ नेशनल पार्कमा गरिएको भन्दै उनलाई पक्राउ गर्न मागरिएको हो।

रजनीकान्तले उक्त शोका होस्ट बेयर ग्रिल्ससँग कर्नाटकको बान्दीपुर नेशनल पार्कमा सुट गरेका थिए। उक्त नेशनल पार्क बाघ संरक्षण क्षेत्रको रुपमा पनि चिनिन्छ। बाघ संरक्षणमा लागेका ब्यक्तिहरुले नै रजनीकान्तलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्। उनीहरुले सुटिङमा रहेका क्रुहरुका कारण त्यहाँका जनावरहरुलाई खतरा हुनसक्ने कुरा औंल्याएका छन्।

केही कारण जंगलमा आगो लागेको भए धेरै क्षति पुग्ने भएकाले त्यहाँ सुटिङ अनुमति दिएकोप्रति आपत्तिसमेत जनाइएको छ।

यसबारे रजनीकान्तले भने केही टिप्पणी गरेका छैनन्। उक्त शोमा यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिइसकेका छन्।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्