कोरोना भाइरसबाट बच्नका लागि सर्जीकल माक्स नै किन ?
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन् । भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन् ।
चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।
यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।
नेपालमा पनि अहिलेसम्म एक जनामा यसको संक्रमण भएको पुष्टि भएको छ भने चीनबाट फर्केका अन्य तीन जनामा संक्रमणको आशंका गरिएको छ। उनीहरू अहिले अस्पताल भर्ना भएका छन्।
के हो त कोरोना भाइरस ?
कोरोना भाइरस विभिन्न प्रकारका छन् । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
कोरोना भाइरसको लक्ष्ण :
कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण ज्वरो र रुघाखोकी हो । क्रमस उच्च ज्वरो अाउनु सँगै टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ ।
बच्ने उपाय :
कोरोना भाईरस बाट बच्नको लागि एन्टि भाईरस युक्त मेडिकल सर्जीकल माक्सको प्रयोग गर्नु उचित हुन्छ । तर आठ घन्टा भन्दा बडि एउटै माक्स प्रयोग गर्नु हुँदैन ।
रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिनु पर्छ ।