Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिलिपिन्समा ’खतरनाक ज्वालामुखी र सुनामी’ को त्रास, ८ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

फिलिपिन्समा ज्वालमुखी आएको स्थानबाट लाभा निस्किरहेको छ । अधिकारीहरुले केही घण्टा अथवा दिनमा खतरानाक विस्फोट हुनसक्ने बताएका छन् । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको हो । उक्त ज्वालामुखी आउने बतङ्गस प्रदेशमा ठूलो क्षति हुनसक्ने भन्दै विपद्को घोषणा गरिएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सिस्मोलोजी डिपार्टमेन्ट (फिभोल्क्स) का अनुसार स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २स्४९ देखि ४स्२८ सम्ममा विस्फोटन हुनेछ । तर, फिभोल्क्सका निर्देशक रिनेटो सोलिडमले ६० केबीपीएचको गतिमा खरानी, चट्टान र ग्यास निस्किरहेकोले खतरानाक विस्फोट हुनसक्ने बताएका छन् ।

फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा र्पुयाएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ । अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन् । ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो ।

आइतबार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो । त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो । टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्छन् । खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ ।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वत विश्वका साना ज्वालामुखीमध्ये एक हो । विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ पटक विस्फोट भएको छ । बीबीसी

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्