Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं । आगमी माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार रातिबाट आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागू भएको जनाएको छ । आयोगले निर्वाचनलाई सव्य वनाउन सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न-गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देशन दिएको छ ।

उक्त आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धित व्यक्तिका हकमा समेत उक्त आचारसंहिता लागू हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आइतबार जारी प्रेस विज्ञप्तिका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्