Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन जान्छ झ्याप झ्याप बत्ती ?

२०७४ अघिसम्म लोडसेडिङले आजित बनेका सर्वसाधारण पछिल्लो समय झ्याप झ्याप बत्ती जाने समस्याबाट हैरान छन् । चिसो महिनाको सुरुवात भए सँगै उपत्यकामा विद्युत्को माग ह्वात्तै बढेको थियो । विद्युत्को माग बढेसँगै ट्रान्सफर्मरले लोड धान्न नसकेपछि झ्याप झ्याप बत्ती जाने समस्या बढेको हो ।

विद्युत्को माग बढी हुँदा ट्रान्सफर्मर र सव-स्टेसनमा बढी भार परेर बत्ती जाने गरेको नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । यो समस्या हटाउन ट्रान्सफर्मर र सव स्टेसनको संख्या बढाएर लोड घटाउनुपर्ने उनले बताए ।

वाग्मती क्षेत्रमा मात्रै अझै करिब ५ हजार ट्रान्सफर्मर जडान गर्नुपर्ने उनले बताए । गत वर्ष ३ हजार र यो वर्षको हालसम्म २ हजार गरी ५ हजार ट्रान्सफर्मर थपिसकेको प्राधिकरणले जनाएको छ । अझै ५ हजार थप्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्