Logo
८ बैशाख २०८१, शनिबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला

नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्य्विधि ९प्रोटोकल० अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो ।

दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्रा्ष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको हो ।

बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ ९कोराला० र ओलाङ्चुङ्गोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ ।

नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्