Logo
८ बैशाख २०८१, शनिबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजावादी नेता कमल थापाको चियापानमा नेम्वाङदेखि देउवासम्म (फोटोफिचर)

घोर राजावादीको उपमा पाएका नेता कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको चियापानमा विभिन्न पार्टीका नेता, उच्चपदस्थ व्यक्तित्व, कुटनीतिक नियोगका प्रमुखहरु र अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौंको भृकुटीमण्डपस्थिन् नेपाल पुलिस क्लबमा आयोजित उक्त चियापान समारोहमा आएका पाहुनालाई राप्रपा अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

चियापानमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश ३ की पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालालगायतको उपस्थिति थियो।

तस्विर : मुकुन्द कालिकोटे

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्