Logo
६ बैशाख २०८१, बिहीबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ४ लाई पराजित गर्दै दुहबी १ सेमीफाइनलमा

सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकपको आइतबार भएकोे तेश्रो क्वाटरफाइनल खेलमा दुहबी वडा नम्वर १ ले दुहबी वडा नम्वर ४ लाइ ट्राइबेकरको सडेन डेथ समयमा ३–२ गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित समय सम्म दुबैतर्फबाट १–१ गोल सहित बराबरी भएपछि ट्राइबेकरको साहारा लिइएको थियो । खेलको उत्कृष्ट खेलाडी दुहबी १ का गोल रक्षक फिरदोस रैनलाई दुहबी १ का वडाध्यक्ष अजुल मियाले नगद १ हजार सहित मेडल प्रदान गर्नु भयो ।

सोमवारको अन्तिम क्वाटरफाइनल खेल दुहबी वडा नम्बर ३ र दुहबी वडा नम्वर ९ का बिच हुनेछ । मंगलवारको पहिलो सेमीफाइनल खेल दुहबी १० र दुहबी १ का बिच हुँनेछ ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्