Logo
७ बैशाख २०८१, शुक्रबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार बम विस्फोटमा पत्रकारको हत्यापछि माल्टामा प्रधानमन्त्रीले दिए राजीनामा

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले एक खोजी पत्रकारको हत्याको अनुसन्धानपछि राजीनामा दिएका छन् । उनका ठाउँमा रोबर्ट आबेला प्रधानमन्त्री हुने भएका छन् ।

आबेला मस्कटकै पार्टीका सदस्य हुन् । उनलाई लेबर पार्टीको संसदीय दलको नेता अघिल्लो आइतवार निर्वा्चित गरिएको थियो । त्यसपछि उनी स्वतः प्रधानमन्त्री बन्ने बाटो खुल्यो ।

सन् २०१७ मा एक कार बम विस्फोटमा पारी खोजी पत्रकार ड्याफ्ने कारुआना गलिजियाको हत्या गरिएपछि हत्यामा संलग्न आफ्ना साथी र साझेदारलाई प्रधानमन्त्री मस्कटले जोगाउन खोजेको भन्दै जनतामाझ आक्रोश छाएको थियो । उनले एक महिनाअघि नै आफूले राजीनामा दिने बताएका थिए ।

आबेलालाई मानवअधिकारकर्मीहरूले शंकाको घेरामा राखेका छन् किनकि उनले देशमा वास्तविक परिवर्तन ल्याउँछन् भन्नेमा उनीहरू विश्वस्त छैनन् । देशको शासनमा अपराधीहरू हावी भएको उनीहरूको भनाइ छ ।

एक्ली महिला विकिलीक्स नाम दिइएकी कारुआना गलिजियाले सरकारको उच्च तहमा रहेको भ्रष्टाचारको पर्दाफास गर्ने गरेकी थिइन् । उनलाई सन् २०१७ को अक्टोबर १६ मा कार बम विस्फोट गराएर मारिएको थियो र त्यस घटनाले संसारभरि हेडलाइन बनेको थियो ।

मृत्यु हुनुभन्दा एक घन्टाअघि उनले ब्लगमा लेखेकी थिइन्, ‘जता हेरे पनि ठगै ठग छन् । परिस्थिति निकै गम्भीर छ ।’

द गार्डियनबाट

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्