Logo
१२ बैशाख २०८१, बुधबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर कपको चौथो खेलमा दुहबी वडा नम्बर ३ क्वाटर फाइनलमा प्रवेश

सुनसरीको दुहबीमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत बिहिबार भएको चौथो खेलमा दुहबी वडा नम्वर ३ ले दुहबी वडा नम्वर ६ लाइ ट्राइबेकरमा ३–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समय सम्म दुबै तर्फवाट १-१ गोल भएपछि ट्राइबेकरमा दुहबी ३ बिजय भएको हो ।

खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्वर ३ का खेलाडी पदम राज राइलाइ दुहबी ३ का वडाध्यक्ष माधब भण्डारी र दुहबी ६ का वडाध्यक्ष मुन्ना हलुवाइले नगद १ हजार सहित मेडल प्रदान गर्नुभयो । दुहबी नगर पालिकाको आयोजनामा भएको तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा शुक्रबारको पहिलो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ८ र वडा नम्बर १० का बिच हुने छ ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्