Logo
११ बैशाख २०८१, मंगलबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकमा २ वटा विधेयक सुरुमै पेस गर्ने तयारी छ ।

सुशासनसम्बन्धी विधेयक विधायन समितिमा छलफल भएर सदन फर्काउने तयारी छ भने प्रदेशसभा सचिवालय सम्बन्धित विधेयक पनि अन्तिम चरणमा पुगेको विधायन समितिले जनाएको छ ।

यसअघिका ४ वटा अभिवेशनबाट ३० वटा विधेयक पास भइसकेका छन् । यो बैठकमा १८ महिनादेखि रोकिएको प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक पनि छलफलमा ल्याउने तयारी छ ।

अघिल्लो वर्षको असार ६ गते सदनमा दर्ता भएर दफावार छलफलका लागि विधायन समितिमा पठाइएको विधेयक मर्यादाक्रममा सहमति नजुटेपछि उतै थन्किएको छ ।

यसमा प्रतिपक्षी दलले पनि संशोधन दर्ता गराएका छन् । अहिले सबै विषय टुङ्गो लागेका कारण यो अधिवेशनबाट पारित गरेर लैजाने विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले जानकारी दिए ।

प्रदेशसभा र सरकारका सचिव को ठूलो ? भन्ने विषयमा लामो समयदेखि विवाद थियो । एउटै पद कायम गरेर प्रदेशसभा सचिवको तह जुनियर हुने गरी मौखिक सहमति जुटेको उनले सुनाए ।

यसअघि आएको विधेयकमा सरकारका सचिवभन्दा पनि प्रदेशसभा सदस्यको मर्यादा तल थियो । त्यसको संशोधन भइसकेको छ ।

यसबाहेक पनि केही असहमति कायम छन् । जसका कारण डेढ वर्षसम्म पनि विधेयकमाथि खुला छलफल हुन पाएको छैन ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्