Logo
४ माघ २०८१, शुक्रबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुटबन्दीको दलदलमा कांग्रेस : देउवाविरुद्ध लड्न ४२ ओटा जिल्ला सभपातिहरु काठमाण्डौमा

गुटबन्दीको दलदलमा रहेको प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

१४औँ महाधिवेशनमा कसरी विजय हासिल गर्ने भन्ने एजेण्डामा पनि बैठकमा छलफल भइरहेको एक नेताले बताए । उक्त भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको दाबी पौडेल समूहले गरेको छ ।

सभापति शेरबहादुर देउवाको कदमविरुद्ध लड्न भन्दै पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।  भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए ।

उनले सभापतिको पेलेरै जान खोज्ने प्रवृत्तिविरुद्ध लड्नुपर्ने बेला आएकोले तयार रहन जिल्ला सभापतिहरुलाई आग्रह गरे । ‘विधान विपरीत एकलौटी निर्णयहरु भइरहेका छन् यसविरुद्ध हामी सबै एकजुट भएर लड्न सक्नुपर्छ, तपाईँहरु सहयोगका लागि तयार रहनुहोस् ’, बैठकमा पौडेलले भनेका छन्।

बैठकमा महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले पनि सम्बोधन गरेका छन् । दुवैजनाले कांग्रेस जोगाउन एकजुट हुनुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्