Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै आमालाई चक्कु घोपेर हत्या गरेको आरोपमा चर्चित नायिका पक्राउ

अभिनेत्री मोली फिट्जगेराल्डलाई आफ्नी आमाको चक्कु घोपेर हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

उनलाई ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा देखिएको थियो । स्मरण रहोस्, ‘क्याप्टेन अमेरिका’ सिरिजको फिल्मलाई दर्शकले निकै रुचाउने गर्छन् । ओलाथे पुलिस विभागले ३८ वर्षे अभिनेत्रीलाई नयाँ वर्षको पूर्व सन्ध्यामा पक्राउ गरिएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।
पुलिस अधिकारीका अनुसार मोलीकी आमा प्याट्रिशिया ईं फिट्जगेराल्डको घरमा झगडाको सूचना पाइएको थियो । पुलिस त्यहाँ पुग्दा उनलाई रगताम्मे अवस्थामा भेटिएको थियो । उनीमाथि चक्कुमार्फत् हमला गरिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । अनुसन्धानपछि पुलिसले मोलीलाई पक्राउ गरेको छ ।

आइएमडीबीका अनुसार क्रिस इवान स्टारर ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा एउटा सानो भूमिकामा थिइन् । यो फिल्म निकै चर्चित भएको थियो । यसको कमाइले संसारभरीका फिल्मको कमाईको थुप्रै रेकर्ड तोडेको थियो ।

यसबाहेक मोली एक निर्माता निर्देशक पनि हुन् । उनले सन् २०१४ मा ‘द लफूल ट्रुथ’ र सन् २०१७ मा ‘द क्रिप्स’ निर्माण गरेकी छिन् ।
फक्स न्यूजका अनुसार मोलीकी आमा पेट्रिका टी फिट्जगेराल्डको उमेर ६८ वर्षको थियो ।

अभिनेत्री मोली फिट्जगेराल्डले अहिलेसम्म आफूमाथि लागेको आरोपमाथि कुनै स्पष्टिकरण दिएकी छैनन् ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्