मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग शुरू
मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग शुरू भएको छ ।हाल एउटा सुरुङमार्गको निर्माण कार्य शुरू भएको छ भने अन्य ६ वटा सुरुङ मार्गको अध्ययन सकिएको छ ।
त्यसैगरी एउटा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । बाँकी ५ वटाको प्रारम्भिक अध्ययन भइरहेको छ ।
नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ ।जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा भने निर्माण कार्य शुरू भइसकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।