Logo
१८ कार्तिक २०८१, आईतबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा नेपालीलाई लिएर गएपछि

प्रदेश ५ स्थित कपिलवस्तु अन्तरगत नेपाल-भारत सीमा क्षेत्रबाट एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा नियन्त्रणमा लिएको छ ।

यशोधरा गाउँपालिका-८ मटेरियाका ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीहरुले शनिबार दिउँसो मर्यादपुर बजारबाट अपहरण गरेका हुन् ।

नेपाली क्षेत्रमा आई भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा खानलाई भारततर्फ लगेको तर यस बारेमा केही खुल्न नसकेको प्रहरी चौकी मर्यादपुर प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

खानलाई गाडीमा बसालेलगत्तै नेपाल प्रहरीको मर्यादपुर प्रहरी चौकीको सुरक्षाकर्मी र शशस्त्र प्रहरीको सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मीको रोकावट छल्दै दसगजा क्षेत्र कटाएका हुन् ।

स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए ।  घटनाबारे सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीले अनभिज्ञता प्रकट गरेको उपरीक्षक मल्लले बताए ।

भारतीय सुरक्षाकर्मी अन्तर्गतको सिभिल टोलीले खानलाई पक्राउ गरेर लगेको हुन सक्ने सीमा क्षेत्र खुनुवामा खटिएका भारतीय प्रहरी अधिकारीको भनाइ छ। खान खुनुवा बजारमा मोटरसाइकल वर्कसप संचालन गर्दै आएका थिए ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्