Logo
११ माघ २०८१, शुक्रबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुस्त श्रबण विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रदेश एक स्थित सुनसरीको दुहबीमा किराँत राइ यायोक्खा प्राकास दुहबीले जाडो बढेको भन्दै सुस्त श्रबण विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच दुहबी २ स्थितमा रहेको श्री नवीन शिक्ष निकेतन आधारभुत बिद्यालयमा रहेको सुस्त श्रबण श्रोत कक्षाका विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने सहित स्विटर र जुत्ता वितरण गरिएको थियो ।

किराँत राई यायोक्खा दुहबीका अध्यक्ष ज्ञान बहादुर राइले संस्थाको निति अनुसार सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा नबिन शिक्षा निकेतन आधारभुत बिद्यालयका
प्रधानअध्यापक सुरेन्द्र कुमार चौधरीले सुस्त श्रबण विद्यार्थीहरुलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

सुनसरीमा सुस्त श्रबण विद्यार्थीहरुका लागि ३ वटा बिशेश विद्यालय र ७ वटा विद्यालयमा श्रोत कक्षा संचालनमा रहेको
छ । कार्यक्रम संचालन संस्थाका सचिब दर्शन राइले गरेका थिए ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्