Logo
२७ कार्तिक २०८१, मंगलबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिपमुलक कुसन, गुडिया बनाउने तालिम सुरु

प्रदेश एक स्थित सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मा शिपमुलक कुशन, गुडिया बनाउने तालिम बिहीबार सुरु भएको छ । एक महिना सम्म संचालित तालिम बिहीबार सुरु भएको हो । वडा नम्बर ४ को आर्थिक सहयोगमा संचालित तालिममा महिलाहरुलाई कुशन, गुडिया बनाउन सिकाइने आयोजक संस्था ग्रामिण महिला उत्थान मञ्च दुहबी ५ की अध्यक्ष सुनिता बिश्वासले बताइन ।

महिलाहरुलाई आयआर्जनका कृयाकलापमा जोड्न, उनिहरुलाई स्वरोजगार बनाउन यस्तो तालिमको आयोजना गरिएको दुहबी वडा नम्बर ४ का वडा सदस्य इस्लाम मियाँले बताए । लक्षित वर्ग महिला, आदिवासी, जनजाती, दलित महिलाहरुको उत्थान, शसक्तिकरण र विकासका लागि वडा बाट कार्यक्रम संचालन गरिएको वडा सचिव चुडामनी गुरागाईले बताए । तालिममा ३१ जना महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्