Logo
३ माघ २०८१, बिहीबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न ओली र प्रचण्डको निर्देशन

काठमाडौँ : नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न दिएको निर्देशन संविधान र प्रदेश सभाको अधिकारविपरित भन्दै विरोध भइरहेको छ ।

प्रदेशसभा सदस्यहरुले यसको चर्को विरोध गर्दै कुनै हालतमा हेटौडा राजधानी हुन नसक्ने बताइरहेका छन् । तर, नेकपाको नेतृत्व भने मातहतका पार्टी कमिटीहरुलाई हेटौडा नै राजधानी राख्न चर्को ‘दवाव’ दिइरहेको छ ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम वागमती राख्न निर्देशन दिएको थियो ।

सचिवालयको यो निर्णयलगत्तै नेकपाका प्रदेश सांसदहरुले निर्णयको विरोध गर्न थालेपछि त्यसको तेस्रो दिन नेकपाका नेताहरुले प्रदेश तीनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलगायतका नेताहरुलाई बालुवाटार बोलाएर ‘प्रदेश तीनको राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न’ कडा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

‘राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौडा राजधानी राख्ने निर्णय गरेको हो । तपाइँहरुले पनि त्यसै अनुसार भूमिका निर्वाह गर्नु । त्यसबाट दायाँबायाँ नहोस्’, बालुवाटारमा अध्यक्षद्धयको निर्देशन उद्धृत गर्दै प्रदेश तीनका एक नेताले भने, ‘हेटौडामा संरचना बनिसकेका छन् अन्य ठाउँमा फेरि संरचनाहरु बनाउनुपर्ने हुन्छ । त्यो झन्झट किन व्यहोर्नु ? त्यसैले यो निर्णय परिवर्तन हुँदैन ।’

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्